Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षमा एभरेष्ट अस्पतालको विशेष अफर

अर्थ संसार

विहीबार, १५ पुस २०७८, १६ : ५८ मा प्रकाशित

नयाँ वर्षमा एभरेष्ट अस्पतालको विशेष अफर

एभरेष्ट अस्पतालले नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अवस्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।   

एभरेष्ट अस्पतालको प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिएका छन् ।

बरालले भने, ‘एभरेष्ट अस्पतालले प्रत्येक वर्ष केही न केही नयाँ अफरहरु दिँदै आएको छ । यस वर्षका लागि पनि अस्पतालले नयाँ ५ प्याकेजहरु लिएर आएको छ ।’ 

उनका अनुसार पाँच प्याकेजहरु पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कारडियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन् । 

पुस १६ गतेबाट पुस २५ गतेसम्ममा होलबडी चेकअप गर्ने बिरामीहरुले २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै बिहानको ६.३० बजे भन्दा अगाडी सुगरका बिरामीले सुगर जाँच गराउँदा १०० प्रतिशत छुटको व्यवस्था पनि राखेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको