नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका लघुवित्तहरूलाई २०७९ असार मसान्तभित्र मर्जरको कार्य योजना पेश गर्न निर्देशन दिएकाे छ ।
नेपाल राष्ट्र बैंकले बैंकबाट "घ" वर्गकाे इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएकाे एकीकृत निर्देशन, २०७७ मा संशाेधन गर्दै इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका संस्थाहरुबीच एक आपसमा र/वा इजाजतपत्र प्राप्त एक भन्दा बढी “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्न निर्देशन दिएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस