Like us!
Follow us!
Connect us!
Watch us!

दुई फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कुनको कति ?

अर्थ संसार

बुधबार, २१ पुस २०७८, ०७ : ३८ मा प्रकाशित

दुई फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कुनको कति ?

आज दुई फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र कालिक श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३।३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीको सत्ताइसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको मंसिर १५ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

कम्पनीको बीसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको