Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको २ करोड बढि कित्ता बोनस सेयर सुचिकृत, कुनको कति ?

अर्थ संसार

बुधबार, २१ पुस २०७८, १६ : ३५ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको २ करोड बढि कित्ता बोनस सेयर सुचिकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज सानिमा बैंक र कामना सेवा विकास बैंकको बोनस सेयर सुचिकृत भएको हो ।  

स्टकका अनुसार आज सानिमा बैंक लिमिटेडको १७ प्रतिशत बोनस बापतको १ करोड ६४ लाख ५८ हजार ५ सय ८२ कित्ता सेयर सूचिकृत भएको हो । 

बैंकको कार्तिक १४ गते आइतबार, सम्पन्न १७ औँ वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

त्यस्तै कामना सेवा विकास बैंकको १८.५० प्रतिशत बोनस बापतको ४९ लाख ६ हजार १ सय ३२ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकको कात्तिक २३ गते, मंगलबार, सम्पन्न १५ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७र७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९।४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको