Like us!
Follow us!
Connect us!
Watch us!

किन सँधै दिपेन्द्र अग्रवालको रोजाईमा फाइनान्स कम्पनी ?

अर्थ संसार

विहीबार, २२ पुस २०७८, १० : ५० मा प्रकाशित

किन सँधै दिपेन्द्र अग्रवालको रोजाईमा फाइनान्स कम्पनी ?

सेयर बजारका ठूला लगानीकर्ता दिपेन्द्र अग्रवालले प्राय जसाे सँधै फाइनान्स कम्पनीलाई जाेड दिने गर्दछन् । कतिपय लगानीकर्ताहरूलाई उनले किन सँधै फाइनान्सलाई जाेड दिन्छन् भन्ने चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले हालै मात्र उनीसँग गरिएकाे अन्तर्वातामा यसै विषयमा प्रश्न गरेका थियाैँ । आफ्नो पोर्टफोलियोमा ६० देखि ७० प्रतिशतसम्म फाइनान्स कम्पनीहरू रहेको उनी बताउँछन् । आफूले लगानीकर्ताहरूलाई फाइनान्स कम्पनीहरू किन्न अनुरोध गर्नुमा २-३ वटा मुख्य कुरा रहेको उनले बताए ।

फाइनान्सहरूको सप्लाई कम रहेको र डिमान्ड धेरै रहेको, फाइनान्स कम्पनीहरूको चुक्ता पूँजी थोरै रहेको, फाइनान्सहरूको प्रस्तुती राम्रो रहेको र संस्थागत सुशासनमा पनि अगाडि दौडिएका जस्ता कारणले गर्दा फाइनान्स कम्पनीहरू अगाडि बढेका उनले बताएका छन् ।

अर्थ संसारकाे साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्ने क्रममा उनले भने, "मैले सँधै फाइनान्स भन्नुमा २-३ वटा मुख्य कारणहरू छन् । पहिलाे भनेकाे डिमान्ड एण्ड सप्लाईकाे कुरा हाे । फाइनान्स कम्पनीहरूमा सप्लाई कम छ, डिमाण्ड धेरै छ । दाेश्राे कारण भनेकाे सबै फाइनान्स कम्पनीहरूकाे चुक्ता पूँजीलाई मिलाउँदा पनि जम्मा ११ अर्ब ६० कराेड हुन्छ । जुन चाँही एउटा वाणिज्य बैंक भन्दा पनि कम्ति छ । एउटा वाणिज्य बैंक उचाल्नु र सबै फाइनान्स कम्पनीहरू उचाल्नु सबै बराबर छ । तेश्राे कारण फाइनान्सहरूकाे प्रस्तुती राम्राे हुनु हाे । सेयर बजार राम्राे हुँदा फाइनान्स कम्पनीहरूलाई पनि राम्राे हुन्छ । उनीहरूकाे ईपीएस बढेकाे छ । फाइनान्स कम्पनीहरू संस्थागत सुशासनमा पनि अगाडि दौडिएका छन् । हाइड्राेकाे तुलनामा फाइनान्स कम्पनीहरूकाे लाभांश क्षमता पनि राम्राे छ । त्यसैले म सँधै फाइनान्स कम्पनी राेज्ने गर्दछु ।"

कुराकानी कै क्रममा बजार घट्दा आफू पनि डुबेकाे उनी बताउँछन् । सामाजिक सञ्जालमा उनले भनेका कम्पनीहरू किन्दा लगानीकर्ताहरू डुबे नी भन्ने प्रश्नमा उनले उनले बजार घट्दा काेही नबच्ने र आफू पनि डुबेकाे बताएका हुन् । उनले भने, "बजार घट्दा कोही पनि बच्दैन, टाइटानिक जहाज जब डुबेको थियो त्यतिबेला को बचेको थियो सबै डुबे नी पैसावाला पनि डुबे, गरिब पनि डुबे, मजदुर पनि डुबे । मार्केट घट्दा पनि तपाईँ हामी बच्छौँ र अरू डुब्ने हुँदैन । म पनि डुबेको छु र हाम्रा लगानीकर्ताहरू पनि डुबेका छन् । कुनै पनि एउटा सेक्टर छैन जुन सेक्टरमा लगानीकर्ताहरूले घाटा खाएका छैनन् । बजार घट्दा समग्रमा सबैलाई घाटा भएको छ ।" 

बजारमा छरिएर रहेको सानो सानो पुँजीलाई संकलन गरी त्यसलाई सेयर बजारमा लगानी गर्ने उद्देश्यले उनले हालै मात्र आफ्नै नेतृत्वमा गोल्डम्यान इन्भेष्टमेन्ट नामको कम्पनी सञ्चालनमा ल्याएका छन् ।

भिडियाे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको