Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्ट लिस्टेड, कसको संभावना बलियो ?

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, ०९ : १९ मा प्रकाशित

नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्ट लिस्टेड, कसको संभावना बलियो ?

अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि ५ जनाको नाम सर्ट लिस्ट गरेको छ । 

समितिले कृष्ण बहादुर कार्की, डा. केशव प्रसाद  श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम सर्ट लिस्ट गरेको हो । आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको प्राथमिकताका आधारमा सर्ट लिस्ट गरिएको समितिले जनाएको छ । अब यी ५ जनाले  व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिनु पर्ने छ । समितिले पुस २५ गते आइतबार अन्तवार्ताको मिति तय गरेको छ।

अन्तवार्ताका लागि छनौट भएकाहरु मध्य पनि रमेश घिमिरेको सम्भावना बलियो रहेको बताइन्छ । उनि पहिले नेपाल एसबिआईको र अहिले एनसेलको कम्पनी सचिव सचिव समेत हुन् उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउन ठुला समूहहरु सक्रिय भएको श्रोतको दावी छ । 

सीईओ बन्नका लागि जम्मा ११ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, डा. रमेश कुमार भण्डारी,केशव प्रसाद  श्रेष्ठ, रमेश घिमिरे, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, बद्री प्रसाद प्याकुरेल, र छवीराज पन्त रहेका थिए । 

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिय पछि नेप्सेका तत्कालिन सीइओ चन्द्र सिंह साउदले राजिनामा दिएपछि उक्त पद रिक्त छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको