Like us!
Follow us!
Connect us!
Watch us!

इन्धनमा ६ वटा शीर्षकमा सरकारको कर

पत्रपत्रिका

सोमबार, २६ पुस २०७८, ०६ : ५६ मा प्रकाशित

इन्धनमा ६ वटा शीर्षकमा सरकारको कर

सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ ।

नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर उठाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परिरहेको छ । सरकारले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, मूल्य स्थिरीकरण कोष कर, वातावरण प्रदूषण शुल्क र पूर्वाधार विकास गरी ६ शीर्षकमा कर उठाउने गरेको छ । प्रतिलिटर पेट्रोलमा निगमले ५७ रुपैयाँ ७३ पैसा भन्सारमै कर उठाएर राज्यलाई बुझाउने गरेको छ । त्यसको भार सिधै आम उपभोक्तामा परेको छ ।

पेट्रोल (प्रतिलिटर):
भन्सार शुल्क २५ रुपैयाँ २० पैसा
भन्सार सेवा शुल्क ०.०३ पैसा
सडक भन्सार शुल्क ४ रुपैयाँ
पूर्वाधार विकास कर १० रुपैयाँ
मूल्य स्थिरीकरण कोष १ रुपैयाँ ३६ पैसा
वातावरण शुल्क १ रुपैयाँ ५० पैसा
मूल्य अभिवृद्धि कर १५ रुपैयाँ ६५ पैसा
कुल कर ५७ रुपैयाँ ७३ पैसा

राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको