Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन हुने, नगदमा भन्दा बोनसमा जोड !

अर्थ संसार

सोमबार, २६ पुस २०७८, ०८ : ४१ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन हुने, नगदमा भन्दा बोनसमा जोड !

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश परिवर्तन हुने भएको छ  । बिमा समितीले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा पूर्णरूपमा (कर प्रयोजन बाहेक)  रोक लगाउने भएपछि कम्पनीको लाभांश परिवर्तन हुने भएको हो । 

समितिले प्रिमियर इन्स्योरेन्सलाई नगद लाभांश वितरण गर्न नदिने निर्णय पनि गरिसकेको छ । उक्त कम्पनीले यसअघि नै गत आवको नाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । अहिले नगद लाभांशमा रोक लगाउने नीति ल्याउन लागेपछि समितिले आइतवार उक्त निर्णय गरेको हो ।

समितिका कार्यकारी निर्देशक पौडेलले प्रिमियर इन्स्योरेन्सलाई नगद लाभांश बाँड्न नदिनेगरी निर्णय भएको बताए । ‘अहिले बीमा कम्पनीहरूलाई नगद लाभांशमा रोक लगाउने गरी प्रक्रिया अगाडि बढाएका छौं । १ २ दिनमै यस सम्बन्धमा निर्देशन जारी हुन्छ,’ उनले भने, ‘तर उक्त कम्पनीले यसअघि नै नगद लाभांश घोषणा गरिसकेको थियो । त्यसैले त्यसलाई रोक्न समितिबाट छुट्टै निर्णय गरिएको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको