Like us!
Follow us!
Connect us!
Watch us!

प्रोभिडेन्ट मचेन्ट बैंकिङ लिमिटेडको साधारणसभा, पहिलो पटक कम्पनीको मुनाफा ६३ लाख

अर्थ संसार

बुधबार, २८ पुस २०७८, २० : २७ मा प्रकाशित

प्रोभिडेन्ट मचेन्ट बैंकिङ लिमिटेडको साधारणसभा, पहिलो पटक कम्पनीको मुनाफा ६३ लाख

प्रोभिडेन्ट मचेन्ट बैंकिङ लिमिटेडले आर्थिक बर्ष २०७७/७८ मा ६३ लाख ३३ हजार रुपैयाँ मुनाफा गरेको छ । कम्पनीले मंगलबार राजधानीको नयाँबानेश्वरस्थित कार्यलया गरेको सातौं र आठौं साधारणसभामा कम्पनीका अध्यक्ष तथा कार्यकारी प्रमुख बिमल तिवारीले उक्त जानकारी दिएका हुन् ।

कम्पनीको चुक्ता पूँजी ८ करोड रुपैयाँ छ । यस आधारमा कम्पनीले प्रति सेयर आम्दानी ३ रुपैयाँ १७ पैसा गरेको छ । कम्पनीले गत बर्षको आम्दानीलाई जगेडा कोषमा राखेको छ । उक्त कोषबाट आगामी बर्ष बोनस वा डिभिडेन्ट वितरण गरिने कार्यकारी अध्यक्ष तिवारीले जानकारी दिए ।

प्रोभिडेन्टको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । यसै गरी सभाले गत आर्थिक बर्षको लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक बर्षका लागि लेखापरीक्षकको नियुक्ति गरि पारिश्रमिक समेत तोकेको छ । साधारणसभामा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई कार्यकारी प्रमुख तिवारीले सम्मानपत्र प्रदान गरेका थिए ।

प्रोभिडेन्टले डिम्याट खाता खोल्ने सेवा, पोर्टफोलियो मानेजमेन्ट सेवा, निक्षेप सेवा, सेयर खरिद विक्री तथा परामर्श सेवा र सेयर बजारसम्बन्धी तालिम सेवा उपलब्ध गराउँदै आएको छ ।

61def0e5d7736.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको