Like us!
Follow us!
Connect us!
Watch us!

५ वटा वाणिज्य बैंकको साधारण सभा आज हुँदै, कुनको कति लाभांश ?

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, ०७ : ५९ मा प्रकाशित

५ वटा वाणिज्य बैंकको साधारण सभा आज हुँदै, कुनको कति लाभांश ?

विभिन्न ५ वटा वाणिज्य बैंकहरूको वार्षिक साधारण सभा आज पौष ३० गते, शुक्रबार हुँदैछ । नबिल बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक र हिमालयन बैंकको वार्षिक साधारण सभा आज हुन लागेको हो ।

नबिल बैंक लिमिटेडकाे सभा बैंकको केन्द्रिय कार्यलय तिनधारा, काठमाडौँमा बिहान ९ः३० बजेदेखि सुरू हुनेछ । सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४० प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष १६ गते १ दिनका लागि बुकक्लोज गरेको थियाे । त्यसैले पौष १५ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिभिल बैंक लिमिटेडकाे एघाराैँ वार्षिक साधारण सभा आम्रपाली बैंङ्क्वेट, बालुवाट, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २० गते एक दिन बुकक्लाेज गरेकाे थियाे । त्यसैले, पाैष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

हिमालयन बैंक लिमिटेडकाे उनन्तीसाैँ वार्षिक साधारण सभा बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँबाट भिडियाे कन्फ्रेन्सिङकाे माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयाेजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी भएका समझदारी पत्र, अन्तिम सम्झौतालगायत सम्पूर्ण कामहरु स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

सिद्धार्थ बैंक लिमिटेडकाे सभा सिल्भर ओक बैंक्वेट गैरीधारा, काडठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष १८ गते १ दिनका लागि बुकक्लोज गरेको थियाे । त्यसैले पौष १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष १९ गते बुकक्लोज गरेको थियाे । त्यसैले पौष १८ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको