Like us!
Follow us!
Connect us!
Watch us!

आगामी साता बजार बढ्ला की घट्ला : निफ्रा कतिसम्म पुग्ला ?

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १३ : २८ मा प्रकाशित

बजारको चिरफार एपिसोड ३ :

यो कार्यक्रममा हामी अहिलेको सेयर बजारलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गरेको त्यसको निष्कर्ष प्रस्तुत गर्ने गर्दछौँ।  राष्ट्रिय, अन्तराष्ट्रिय घटनाक्रमहरु र ती घटनाक्रमहरुले सेयर बजारमा पार्न सक्ने प्राभावहरुको बारेमा विश्लेषण गर्ने गर्दछौं भने प्राविधिक रुपमा बजार कस्तो अवस्थामा छ र बजार कता जान सक्ने सम्भावना छ भन्ने कुराको विश्लेषण गर्ने गर्दछौं।  कम्पनी चिरफारमा एउटा विशेष कम्पनीहरुको आधारभुत अवस्था, वित्तिय विवरण र प्राविधिक रुपमा त्यो कम्पनीको सेयर  बढ्ने देखिन्छ कि घट्ने देखिन्छ भन्ने कुराको विस्तृत विश्लेषण गर्ने गर्दछौं। यो एपिसोडमा हामीले नेपाल इन्फ़्र्यास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चिरफार गरेका छौं।  

घटनाक्रम: 
१) बैंक तथा वित्तिय संस्थाहरुले माघ महिनामा निक्षेपको व्याजदर नबढाउने भएका छन।  तरलता सहज हुँदै गएको अवस्था र कर्जाको व्याज धेरै नबढाउन अप्रत्यक्ष रुपमा राष्ट्र बैंकले दिएको दवाबका कारण निक्षेपको मात्र व्याज बढाउँदा त्यसले कस्ट अफ फन्ड मात्र बढ्ने भन्दै निक्षेपको व्याजदर नबढाउने निर्णयमा बैंकहरु पुगेका हुन्।  

प्रभाव :
निक्षेपको व्याजदर नबढ्दा यसले बजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। विगतमा व्याजदर बढ्दा सेयर बजार घट्ने र व्याजदर घट्दा सेयर बजार बढ्ने गरेको पाइन्छ। त्यसैले व्याजदर नबढ्ने कुराले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।  

२) पुँजीगत खर्च युद्धस्तरमा गर्ने योजनामा अर्थमन्त्रालय: 
चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा १०% हाराहारीमा मात्रै पुँजीगत खर्च हुँदा त्यसले अर्थतन्त्रका धेरै पक्षहरुमा असर परेको छ।  यहि कुरालाई मध्यनजर गर्दै अर्थमंत्री जनार्दन शर्माले  पुँजीगत खर्च गर्ने कुरामा युद्धस्तरमा लाग्ने घोषणा गरेका छन। चालु आर्थिक वर्ष सकिन ६ महिना मात्रै बाँकी रहँदा ९०% पुँजीगत खर्च गर्नु पर्ने अवस्था छ। यसले आगामी दिनमा बजारमा पैसाको फ्लो बढ्न गइ तरलता सहज हुने विश्लेषण सहजै गर्न सकिन्छ।  

प्रभाव:
वित्तिय प्रणालीमा तरलता सहज हुँदै गर्दा त्यसले न्युन व्याजदर, सहज रुपमा कर्जाको उपलब्धता जस्ता सकारात्मक माहोल बनाउनेछ र यी कुराहरुले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।  

३) बढ्दो ओमिक्रोन संक्रमण :
नेपालमा ओमिक्रोन संक्रमण बढ्दै गएको छ।  उपत्यकामा स्मार्ट लक्डाउनको घोषणा भैसकेको छ।  विगतमा कोरोन संक्रमण फैलिँदा सेयर बजारमा लगानी थुप्रिन गई सेयर बजार उच्च रुपमा बढेको मिठो अनुभव लगानीकर्ताहरुसँग छ।  

प्रभाव :
संक्रमण फैलिंदै गई अन्य सेक्टरहरुमा रार्मो वातावरण नबन्दा त्यो पैसा सेयर बजारमा आउने सम्भावना उच्च हुन्छ र त्यसले सेयरको 
डिमाण्ड बढ्न गई सेयर बजारमा उछाल आउने सम्भावना रहने जानकारहरु बाताउछ्न।  

नेप्सेको प्राविधिक विश्लेषण :
यो एपिसोडमा हामीले नेप्सेलाइ डेली र विक्ली टाइम फ्रेममा विश्लेषण गरेका छौं।  २८५० देखि २८८० को रेञ्जमा बलियो रेसिस्टेन्स रहेको र यदि त्यो रेसिस्टेन्स ब्रेक भएमा बजारको यात्रा २९८० भन्दा माथिको हुनसक्ने देखिएको छ।  अन्य सबै इन्डिकेटरहरुले सकारात्मक संकेत गरिरहँदा नेप्सेले २९८० को टार्गेट मिट गर्न सक्ने सम्भावना बढेर गएको छ।  

कम्पनी चिरफार:

बजारको चिरफारको यो एपिसोडमा हामीले निफ्राको विश्लेषण गरेका छौं।  कुनै समय ७२६ सम्म पुगेको यसको मूल्य बजार घट्ने क्रममा २६८ सम्म पुगेको थियो।  ७२६ बाट घटेर २६८ सम्म आउने क्रममा यसमा डिसेण्डिङ्ग ट्रेङ्गल प्याटर्न बनेको देखिन्छ।  यसको मूल्य २६८ बाट बढेर ३०५ मा पुग्दा त्यो डाउन ट्रेन्ड ब्रेक गरेको थियो।  अन्य सबै इन्डिकेटरहरुले पोजिटिभ संकेत गर्दै गर्दा यसको पहिलो टार्गेट ४२० र दोश्रो टार्गेट ४७० को रहनेछ।  

भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको