गत साता करिब ३ प्रतिशतले बढेको सेयर बजार यो साताको कारोबार हुने पहिलो दिन पनि उच्च अंकले बढेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेको हो ।
आज सेयर बजार गत साताको अन्तिम कारोबारको तुलनामा १.५५ प्रतिशतले बढे्को छ । आज सेयर बजार २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । आज ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ४.२२ अंकले बढेर ४७२.६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर ६७ हजार १५५ पटक खरिद बिक्री हुँदा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस