Like us!
Follow us!
Connect us!
Watch us!

पुषमा नेप्सेको मन्थ्ली चार्टमा बन्यो बुलिश मारुबोजु; ३४५० को टार्गेट माघमा पुरा होला ?

बसन्त पाण्डे

आइतबार, ०२ माघ २०७८, ०६ : ३९ मा प्रकाशित

पुषमा नेप्सेको मन्थ्ली चार्टमा बन्यो बुलिश मारुबोजु; ३४५० को टार्गेट माघमा पुरा होला ?

२०७८ को पुष महिना लगानीकर्ताहरुका लागि निकै सुखद रह्यो। नेप्सेको इतिहास हेर्दा पुष महिना बजार घट्ने महिनाको रुपमा रहने गरे तापनि यसपालिको पुष महिनामा बजार उच्च अंकले बढ्दा लगानीकर्ताहरु हर्षित बनेका छन। २५०० को हाराहारीबाट ओपन भएको पुषको नेप्से इन्डेक्स २८५७ मा क्लोज हुँदै गर्दा करिब ३०७ अंकको वृद्धि देखिएको छ।  

प्राविधिक रुपमा हेर्दा कस्तो देखियो पुष महिना ?
नेप्सेको मन्थ्ली चार्टमा हेर्दा पुष महिनामा बुलिश मारुबोजु क्यान्डल बनेको छ।  बुलिश मारुबोजु क्यान्डलले बजारमा खरिद चाप उच्च रहेको जनाउँछ  र यसले आगामी महिना पनि बजार बढेर जान सक्ने संकेत गर्दछ।  यसअघि मङ्सिर महिनामा 'ह्यामर' क्यान्डल बनेको थियो।  लगातार ५ महिनादेखि बजार घटेर डाउन ट्रेन्ड बनेको अवस्थामा 'ह्यामर' क्यान्डल बन्नुले नेप्सेले ट्रेन्ड ब्रेक गर्न लागेको संकेत गरेको थियो। 'ह्यामर' क्यान्डल बनिसकेपछि बुलिश मारुबोजु क्यान्डल बन्नुले बजारको यात्रा माथितिरकै हुने संकेत गरेको छ।  

अर्को महत्वपूर्ण कुरा भनेको ३२२८ को उच्च बिन्दुबाट नेप्से २२५५ को बिन्दुसम्म आउँदा बनेको डाउन ट्रेन्ड पनि ब्रेक भएको छ।  यसरी डाउन ट्रेन्ड ब्रेक भएर बजार माथितिर लाग्नुले बजार अब बढेर नै जाने संकेत गरेको छ।  

इन्डिकेटरहरुले के देखाईरहेका छन ?
RSI :
RSI  इण्डिकेटरले बजारमा कत्तिको स्ट्रेन्थ छ भन्ने कुरालाई दर्शाउँछ।  RSI ६० भन्दा माथि रहनुले बजारमा राम्रो स्ट्रेन्थ रहेको संकेत गर्दछ भने ७० भन्दा माथिको RSI ले निकै बलियो ट्रेन्ड रहेको देखाउँछ। अहिले नेप्सेको मन्थ्ली RSI ६५.१६ को लेभलमा छ।  यसले बजारको अपट्रेन्ड बलियो रहेको र आगामी दिनमा बजार अझै बढेर जानसक्ने संकेत गर्दछ। यसअघि बजार घटेर २२५५ को बिन्दुतिर पुग्दै गर्दा RSI ५९ भन्दा तल खसेको थियो।   

MACD: 
केहि समय अघि डेड क्रस ओभर दिएको MACD माथितिर फर्किंदै गरेको देखिन्छ।  MACD लाइनले सिग्नल लाइनलाइ तलबाट काटेर माथितिर लागेको खण्डमा नेप्सेको यात्रा माथितिरको नै हुनेछ, जसको सम्भावना अहिले उच्च देखिएको छ। यस अघि नेप्से २३०० को बिन्दुतिर रहँदै गर्दा MACD ले डेड क्रस ओभर दिएको र बजार अब झन् तिब्र रुपमा घट्ने भन्दै लगानीकर्ताहरु आतंकित हुँदै गर्दा यसअघिका बुलहरुमा पनि बीच बिचमा ठुला करेक्सनहरु आउने गरेको र MACD ले डेड क्रस ओभर दिने प्रयास गर्ने गरेको तर त्यसपछि बजार झन् तिब्र रुपमा बढेर जाने गरेको तथ्यलाई हामीले उदाहरण सहित पेश गरेका थियौं (यो भिडियो हेर्नुहोस।)

 

बुलिंगर ब्याण्ड: 
नेप्से ३२२८ को उच्च बिन्दुमा रहँदा बुलिंगर ब्यान्डको अपर ब्यान्डमा क्यान्डलहरु बनिरहेको अवस्था थियो।  त्यसपछि बजार घट्दै जाने क्रममा ठ्याक्कै बुलिंगर ब्यान्डको मिडल ब्याण्डमा आइपुगेर (२२५५ को बिन्दुमा) मिडल ब्यान्डलाई सपोर्ट बनाउँदै त्यहाँबाट बजार उच्च अंकले बढेको देखिन्छ।  यसले बजार अझै बढेर जाने संकेत गरेको छ।  मिडल ब्याण्डभन्दा माथि माथि नै क्यान्डलहरु बन्दै गर्दा बजार अपर ब्याण्डसम्म पुग्न सङ्के सम्भावना निकै उच्च भएर जान्छ , जुन ३४५० को बिन्दु हो।  

अबको टार्गेट के होला ?
इन्डिकेटरहरुले सकारात्मक संकेत गर्दै गर्दा लगानीकर्ताहरुको मनमा उब्जिने प्रश्न हो , 'त्यसो भए अब नेप्से कति सम्म पुग्ला ?' यसअघिको उच्चतम बिन्दु ३२२८ र न्युनतम बिन्दु २२५५ लाइ आधार मान्दै विश्वप्रसिद्ध फ़िबोनासी टुल लगाएर हेर्दा ०.६१८ को गोल्डेन रेसियोको लेभल २८५६  को बिन्दु रहेको देखिन्छ।  आगामी दिनहरुमा नेप्से २८५६ भन्दा माथि माथि नै रहन सफल भयो भने नजिकैको अर्को टार्गेट भनेको ०.७८६ लेभल हुन आउंछ , जुन ३०२० को बिन्दुमा छ।  ३०२० को बिन्दुलाई क्रस गरेर ३०२० माथि नै नेप्सेको क्यान्डलहरु बन्न सकेको खण्डमा बुलिंगर ब्यान्डको अपर ब्याण्डसम्म नेप्से सजिलै पुग्न सक्ने देखिन्छ जुन ३४५० को बिन्दु हुनेछ।  

61e14c84d1ae2.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको