Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, १२ : २५ मा प्रकाशित

अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा पौष २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊँपालिका वडा नं. ७, धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ ।

जलजला गाऊँपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए ।

कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए र सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको