Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकमा विदेशी मुद्राको बैंक खाता

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, १३ : ०० मा प्रकाशित

कृषि विकास बैंकमा विदेशी मुद्राको बैंक खाता

कृषि विकास बैंकले ५५ वार्षिक उत्सवका अवसरमा गैह्र आवाशीय नेपालीका लागि विदेशिी मुद्राको वचत तथा मुद्धती खाताको प्रोडक्ट जारी गरेको छ । अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरुवात पश्चात विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्दछन् ।

यसबाट विदेशमा रहेका गैह्र आवाशीय नेपाली तथा विदेशी मुद्रामा तलव भत्ता प्राप्त गर्ने नेपालमा रहेको विदेशी नागरीकले आफ्नै घर/कार्यालयमा बसी बैंक खाता खोल्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेको एंव खाता खोल्नको लागि बैंकको वेभसाईट तथा  https://onlineaccount.adbl.gov.np मा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको शाखा व्यवस्थापन विभागका का.मु. विभागीय प्रमुख रुक्मिणी भट्ट उपाध्यायले बताइन् । सरकारी बैंकहरुमा निक्षेप तथा कर्जाका सेवामा विविधिकरण गर्दै प्रतिस्पर्धि वित्तीय बजारमा दिगो सेवा विस्तार गर्न कृषि विकास बैंक लागि परेको छ । यो सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता खोल्न सकिनेछ ।

विदेशबाट शुन्य मौज्दातमा खाता खोली स्विफ्ट मार्फत रकम पठाई खातामा जम्मा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । विदेशी मुद्राको खातामा प्रदान गरीने व्याजमा समेत यो बैंक अन्य बैंक भन्दा अगाडी रहेको छ । हालका लागि विदेशी मुद्राको मुद्धती खातामा ५.५ प्रतिशत र वचत खातामा ४.७५ प्रतिशत व्याज दिन सकिने कुरा बैंकले प्रकाशित गरेको व्याजदर सम्बन्धी सुचनामा उल्लेख गरेको छ । यसअघि रेमिटान्स बचत खाता र रेमिटान्स मुद्धती खाता समेत सुरु गरी सेकेको र रेमिटान्स वचत खातामा ७.१० तथा रेमिटान्स मुद्धती खातामा ११.०५ प्रतिशत व्याज प्रदान गरिरहेको बैंकले जनाएको छ । यसका साथै विदेशमा रहेका नेपालीले रेमिटान्स पठाउने प्रयोजनका लागि विदेशबाटै अनलाईनका माध्यमबाट नेपाली मुद्रामा वचत तथा मुद्धती खाता खोल्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको