Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

अर्थ संसार

सोमबार, ०३ माघ २०७८, १२ : १८ मा प्रकाशित

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । सरकार गठनको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

गत २९ असारमा प्रधानमन्त्री भएका देउवाले कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएका अवस्थामा राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनको दिन र समय निर्धारण भइसकेको छैन । ‘प्रधानमन्त्रीज्यूले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयका सहयोगी विजयी अधिकारीले बताए । उनका अनुसार राष्ट्रको नाममा सम्बोधन गर्ने मिति र समय निर्धारण भइसकेको छैन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको