Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सूचिकृत

अर्थ संसार

सोमबार, ०३ माघ २०७८, १३ : १५ मा प्रकाशित

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एक कम्पनीकाे हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे ३० प्रतिशत हकप्रद बापतकाे २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गते, साेमबारबाट कार्तिक २९ गते, साेमबारसम्म चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । उक्त हकप्रद बैंकले मंसिर १६ गते, बिहीबार बाँडफाँड गरेकाे थियाे ।

61e51b5a71840.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको