Like us!
Follow us!
Connect us!
Watch us!

आजकाे माैसम : तराईका धेरै क्षेत्रमा हुस्सु, दिउँसाे पहाडमा वर्षाकाे आँकलन

अर्थ संसार

मंगलबार, ०४ माघ २०७८, ०७ : ३७ मा प्रकाशित

आजकाे माैसम : तराईका धेरै क्षेत्रमा हुस्सु, दिउँसाे पहाडमा वर्षाकाे आँकलन

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ ।

दिउँसो आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ । 

राति पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।

बुधबार  देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको