Like us!
Follow us!
Connect us!
Watch us!

३ वटा लघुवित्तको एफपीओ सेबोनको पाइपलाइनमा, कुनको मूल्य कति ?

अर्थ संसार

मंगलबार, ०४ माघ २०७८, १३ : २२ मा प्रकाशित

३ वटा लघुवित्तको एफपीओ सेबोनको पाइपलाइनमा, कुनको मूल्य कति ?

हाल विभिन्न ३ वटा लघुवित्तहरु एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) काे पाइपलाइनमा रहेका छन् । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एफपीओ निष्कासन गर्ने अनुमतिका लागि सेबाेनकाे पाइपलाइनमा रहेका कम्पनीहरू हुन् । 

एफपीओ निष्कासन गर्न सेबाेनकाे पाइपलाइनमा रहेका कम्पनीहरूकाे सम्पूर्ण विवरण तल उल्लेख गरिएकाे छ : 

१. किसान लघुवित्त वित्तिय संस्था लिमिटेड

संस्थाले १२ लाख ८९ हजार २५९ कित्ता एफपीओ जारी गर्ने अनुमति माग्दै असार २९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । संस्थाले १२५ रुपैयाँको दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको एफपीओ जारी गर्ने अनुमति मागेको हो । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

संस्थाको एफपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

हाल संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

२. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कार्तिक २३ गते निवेदन पेश गरेको हो । संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७७ रूपैयाँ ८ पैसा प्रिमियम थपेर प्रतिकित्ता एक सय ७७ रूपैयाँ ८ पैसामा ९१ लाख २३ हजार ९ सय ८४ रूपैयाँ बराबरको ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्नका लागि अनुमति माग गरेको हो । संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

संस्थाको एफपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको तथा कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । 

संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्न लागेको हो ।

३. नयाँ सारथी लघुवित्त वित्तिय संस्था लिमिटेड

संस्थाले ३ लाख २९ हजार ६४९ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते निवेदन दिएको हो । संस्थाले ११६ रुपैयाँको दरले  ३ करोड ८२ लाख रुपैयाँ बढीको एफपिओ जारी गर्ने अनुमति मागेको हो । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

61e66f415a056.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको