Like us!
Follow us!
Connect us!
Watch us!

१४४ अंकको वृद्धिपछि सेयर बजारमा गिरावट, "नाफा बुक गर्दा आएको करेक्सन मात्र हाे"

नेप्से

मंगलबार, ०४ माघ २०७८, १४ : ५९ मा प्रकाशित

१४४ अंकको वृद्धिपछि सेयर बजारमा गिरावट, "नाफा बुक गर्दा आएको करेक्सन मात्र हाे"

आज (मंगलबार) सेयर बजारमा करेक्सन देखिएको छ । गत बुधबार करेक्सन देखिएपछि बिहीबारदेखि सेयर बजार लगातार बढिरहेकाे थियाे । यस अवधिमा नेप्से परिसूचक १४३.७६ अंकले बढेकाे थियाे । आज फेरि बजारले ओरालो यात्रा तय गरेको हो ।

नाफा बुक गर्दा करेक्सन आएको लगानीकर्ता अनुप मैनालीले बताएका छन् । यसअघि तल्लाे विन्दुमा सेयर किनेका लगानीकर्ताहरूले अहिले सेयर बेचेर नाफा बुक गर्दा आज बजारमा करेक्सन देखिएकाे उनकाे तर्क छ । उनले भने, "सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले वैशाखमा चुनाव गर्ने सहमति गरिसकेकाे छ । काराेनाका कारण लगानीका अन्य क्षेत्रहरू पनि साघुरिँदै गएका छन् । यी सबै कुराहरू हेर्दा अन्नत: बजार माथि नै जानेछ ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेकाे छ । नेप्से ०.३७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने १.१० अंकले बढेर ५४७.४६ विन्दुमा पुगेको छ । 

कूल २२४ वटा कम्पनीकाे एक कराेड ६० लाख ४ हजार ५ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५ सय ६१ रूपैयाँ ८६ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे सेयर घटेको छ । 

मंगलबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २८ कराेड ११ लाख ३९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

मंगलबार सामलिङ्ग पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.४९ प्रतिशतले बढेर ६ सय ४९ रूपैयाँ ३० पैसा पुगेकाे छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ५ सय ४० रूपैयाँमा झरेकाे छ ।

याे पनि :

बजारमा पैसा कमाउने ठूलो अवसर तर सजग हुनुपर्छ, अहिलेको बजारमा के सक्छ रिक्स, के हुन सक्छ रिवार्ड ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको