Like us!
Follow us!
Connect us!
Watch us!

‘बजारको अहिलेको वृद्धि स्वभाविक, नेप्से अझै बढ्छ’

अर्थ संसार

बुधबार, ०५ माघ २०७८, १२ : ३७ मा प्रकाशित

वि.सं २०७१ सालतिर काठमाडौँको एक होटलमा काम गर्दै गर्दा एक जना दाईको सल्लाहमा प्राथमिक बजारमा प्रवेश गरेका युवा लगानीकर्ता प्रकाश सापकोटा बजारमा अहिले दखिएको करेक्सन स्वभाविक रहेको बताउँछन् । 

अर्थ संसारको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा उनले भने “विगतमा बजार ३२ सयको विन्दुसम्म पुग्दा नेप्सेको वृद्धि केही अस्वभाविक जस्तो देखिएको थियो र बजारमा ठुलो करेक्सन पनि आयो डिप करेक्सन पछि अहिले पुन बजार लयमा फर्केको छ यसलाई अस्वभाविक भन्नै मिल्दैन बजार बढेपछि घट्नु र घटेपछि बढ्नु त बजारको सुन्दरता नै हो” । 

हालसालै मात्र बजारले एक हजार अंकको ठुलो करेक्सन भोगिसकेकोले तत्काल नै नेप्सेमा ठुलो करेक्सन नआउने उनको तर्क छ । “यो बीचमा पनि नेप्से ७०० अंकभन्दा बढिले बढिसकेको छ अब केही दिनमा सय दुई सय अंकको करेक्सन आउला तर बजारमा ठुलै करेक्सन आउने सम्भावना म देख्दिँन” उनले भने “यो निरन्तर बजार बढी मात्र रहने हो भने त बजार प्रवेश गर्ने नयाँ लगानीकर्ताहरुलाई अवसर नै प्राप्त हुँदैन ती त बजारमा बेला बेलामा आउने सामान्य करेक्सनले बजारलाई झनै बलियो बनाउँछ” । 

सेयर बजारमा लगानी गर्न चाहानेहरुले सामाजिक सञ्जालको हल्लाको पछि लागेर भन्दा पनि आफुले नै अध्ययन र विश्लेषण गरेर लगानी गर्नुपर्ने उनको सुझाव छ । “बजारमा सेयर बेचेर बसेका पनि छन् भन्ने किनेर बसेका पनि छन् बेचेर बसेकाहरुलाई बजार १८०० मा झरोस् भन्ने लाग्छ भने किनेर बसेकालाई बजार ३२०० सय कटोस् भन्ने हुन्छ तर बजार त आफ्नो लयमा हिँड्छ त्यसैले लगानीकर्ताहरुले अरुको कुरा भन्दा पनि बजारको लय बुझेर लगानी गर्न सकेमा राम्रो प्रतिफल प्राप्त गर्न सक्छन्” । 

अन्य क्षेत्र र व्यवसायको तुलनामा सेयर बजारमा अथाहा सम्भावना भएको उनको तर्क छ । “युवा अवस्थामा धेरै लगानी गर्ने पैसा पनि हुँदैन, अन्य क्षेत्रमा लगानी गर्दा आफुलाई चाहिएको बेलामा पैसा निकाल्न पनि सम्भव हुँदैन तर सेयर बजारमा हामीले आफुसँग जति पैसा छ त्यति नै लगानी गर्न सक्छौँ र जतिबेला रकम आवश्यक पर्छ त्यतिबेला सेयर बेच्न पनि सकिन्छ त्यसैले अन्य क्षेत्र नरोजी म सेयरमा  लागेँ” उनले भने ।   

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको