Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीलाई हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति, कुनको कति ?

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, ११ : २१ मा प्रकाशित

दुई कम्पनीलाई हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति, कुनको कति ?

नेपाल धितोपत्र बोर्डको बुधबार बसेको सञ्चालक समितीको बैठकले दुई कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको छ । बुधबारको बैठकले शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिइएको बोर्डकी प्रबक्ता दिपा दाहालले अर्थसंसारलाई जानकारी दिइन् । 

हिजो बसेको सञ्चालक समितीको बैठकले दुई कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिने निर्णय गरेको हो, अब केहि छिनमा हामिले बोर्डको वेबसाइटमा पनि अपडेट गर्दैछौ दाहालले भनिन् । 

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो । 

कम्पनीले भदौ १७ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको थियाे । कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । बीमा समितिले पनि कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिइसकेको छ । 

त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले जेठ २५ गते मंगलबार सेबोनमा निवेदन पेश गरेको थियाे । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको