Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १४ : ४५ मा प्रकाशित

लक्ष्मी बैंकको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त प्रकाशित लाभांश अनुसार बैंकको खुद मुनाफामा सामान्य बृद्धि आएको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ८१ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १.२७ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले ८० करोड ७१ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ५.१८ प्रतिशतले बढेर १ अर्ब ६० करोड ७४ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी १ अर्ब ५१ करोड ५२ लाख रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा सञ्चालन मुनाफा भने ०.२१ प्रतिशतले घटेर १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब १३ करोड ४३ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ र जगेडा कोषमा ५ अर्ब ३४ करोड ९ लाख ४१ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २४ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको