Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमण जोखिम बढ्दोः धमाधम परिक्षा स्थगित गर्दै विश्वविद्यालय

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १५ : १५ मा प्रकाशित

कोरोना संक्रमण जोखिम बढ्दोः धमाधम परिक्षा स्थगित गर्दै विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालयले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको छ । 

परीक्षा नियन्त्रक प्रा.मोहन बहादुर बस्नेतले शुक्रबार सूचना जारी गरेर पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष÷सेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित गरिएको जानकारी दिएका हुन् । 

उनका अनुसार ९ माघदेखि माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको हो । 

सार्वजनिक सूचना 

पूर्वाञ्चल विश्वविद्यालयद्वारा पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सवै संकाय अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (बर्ष÷सेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू विश्वव्यापी रूपमा फैलिएको ऋयखष्म–ज्ञढ (ओमिक्रोन भेरिएण्ट) को तीब्र संक्रमणका कारण जोखिम बढेको हुँदा मिति २०७८/१०/०९ गतेदेखि २०७८ माघ मसान्तसम्मका सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

प्रा.मोहन बहादुर बस्नेत
परीक्षा नियन्त्रक

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको