Like us!
Follow us!
Connect us!
Watch us!

सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित

पत्रपत्रिका

शनिबार, ०८ माघ २०७८, ०८ : ४४ मा प्रकाशित

सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै कोरोना संक्रमणको हट स्पट बनेको छ । सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित भएको एक सरकारी निकायको अनुमान छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशतमा कोरोना संक्रमण भएको अनुमान गरिएको बताए । पीसीआर गरेका कर्मचारीको रिपोर्टका आधारमा यो अनुमान गरिएको उनको भनाइ छ । पीसीआर नगरेका कर्मचारीसमेत जोड्दा आधाजति कर्मचारीमा कोरोना संक्रमण भएको हुन सक्ने उनको भनाइ छ ।

सिंहदरबारभित्र करिब ५ हजार कर्मचारी कार्यरत छन् । त्यहाँ प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालय छन् । त्यसै गरी राष्ट्रिय योजना आयोय, वित्त आयोग, नेपाल टेलिभिजन लगायत करिब ३० वटा कार्यालय छन् ।

नागरिक दैनिकमा समाचार छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको