Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफद्वारा बीमा दाबी रकम हस्तान्तरण

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, १० : ५० मा प्रकाशित

सिटिजन लाइफद्वारा बीमा दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ ।

ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएकामा बीमा गरेको आठ महिनामा नै उनको निधन भएको थियो । उनको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भई आफ्नो बुवाको बीमा गराएकी थिइन् । बानेश्वर क्षेत्रकी क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले रु १५ लाख ५० हजारको चेक बीमीतकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेका छन् ।

उक्त चेक हन्तान्तरण कार्यक्रममा बानेश्वर शाखाका शाखा प्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजरहरु किसोर पोखेल, रिदुम राई, दावा शेर्पा, अन्य एजेन्सी म्यानेजरहरु चन्द्रलक्ष्मी खड्गी, पेशल के.सी. लगायतको उपस्थिती थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको