Like us!
Follow us!
Connect us!
Watch us!

‘युवाहरुले पार्टी गर्ने र डेटिङ जाने पैसा बचाएर सेयरमा लगानी गरे भविष्य सुन्दर बन्छ’

लगानीकर्ताको आवाज

आइतबार, ०९ माघ २०७८, ११ : १८ मा प्रकाशित

अहिलेका युवाहरुले पार्टी, रमाईलो र डेटिङमा गर्ने खर्चलाई कम गरेर सेयरमा लगानी गर्ने बानीको विकास गरेमा उनीहरुको भविष्य सुन्दर हुने बताउँछन् बजारका पुराना, अनुभवी एवंम सक्रिय लगानीकर्ता नानीबाबु खरेल ।

अर्थसंसार डटकमको साप्ताहिक कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा खरेलले भने “अहिलेका युवाहरु आर्थिक उपार्जनको काममा भन्दा पनि पार्टी गर्न र रमाईलो गर्नमा बढी आकर्षित हुने देखियो अब युवाहरुले त्यस्तो खर्चहरु कटाएर सेयरमा लगानी गर्ने बानीको विकास गर्नुपर्छ जसले गर्दा उनीहरुको भविष्यलाई राम्रो हुन्छ र उच्च शिक्षाका लागि समेत सहयोग पुग्छ” । 

बजारमा अहिले प्रवेश गरेका साना तथा नयाँ लगानीकर्ताहरु इन्भेष्टमेन्टमा भन्दा पनि ट्रेडिङमा बढी लाग्दा बजारमा उनीहरुले बढी नोक्सानी व्यहोरीरहेको उनको तर्क छ । “ठुला लगानीकर्ताहरुले ठुलो भोलुममा सेयर उठाउँछन् उनीहरुलाई सेयरमूल्यमा सामान्य वृद्धि हुँदा समेत राम्रो फाइदा हुन्छ तर हामी जस्ता साना लगानीकर्ताहरुले ट्रेडिङ गर्दा त्यसबाट कामएको नाफा ब्रोकर कमिसन मै ठिक्क हुन्छ त्यसैले हामी जस्ता साना र नयाँ लगानीकर्ताहरु बढी दिर्घकालिन लगानीमा केन्द्रिन हुनु पर्छ” उनले भने । 

नेपालको पूँजीबजारको विकासमा सरकार गम्भिर नबन्दा लगानीकर्ताहरुको लगानी नै जोखिममा परेको भन्दै उनले सरकारको आम्दानीमा महत्वपुर्ण योगदान दिने अर्थतन्त्रको मेरुदण्डलाई नै बेवास्ता गर्दा देशकै अर्थतन्त्र कमजोर हुन सक्ने बताए । 

अहिले सरकारले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज जस्तो महत्पुर्ण निकायहरु नेतृत्व विहिन अवस्थामा राख्दा सेयर बजारका धेरै मागहरु सम्बोधन हुन नसकेको भन्दै उनले यी निकायहरुमा स्वतन्त्र र पारदर्शी ढंगले छिटो भन्दा छिटो प्रमुखहरु नियुक्त हुनुपर्ने माग गरे । 

नेप्सेको बृद्धि र गिरावट सामान्य नै भएपनि विभिन्न निकायहरुको विभिन्न समयमा हुने आक्रमणकै कारण बजार नराम्रोसँग प्रभावित हुने हुँदा स्वतन्त्र ढंगले चल्न नपाएको बताए । अहिले विश्व बजारको तुलनामा हाम्रो सेयर बजार अत्यन्तै न्यून विन्दुमा छ अब बजारलाई नियामकले स्वतन्त्र ढंगले चल्न दिएर नियमन र विकासको काम मात्र गरेमा छिट्टै बजार ५००० भन्दा माथिको विन्दु पुग्न सक्ने उनको अनुमान छ ।

खरेलसँग गरिएको भिडियो कुराकानीः 

 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको