Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घट्याे, सेन्सेटिभ बढ्याे : नेपाल टेलिकम काराेबारमा अब्बल

नेप्से

आइतबार, ०९ माघ २०७८, १४ : ५९ मा प्रकाशित

नेप्से घट्याे, सेन्सेटिभ बढ्याे : नेपाल टेलिकम काराेबारमा अब्बल

साताको पहिलाे कारोबार दिन आज (आइतबार) सेयर बजारमा करेक्सन देखिएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा सेन्सेटिभ परिसूचक भने बढेकाे छ । अहिलेकाे करेक्सनलाई माइनर करेक्सनकाे रूपमा हेर्नुपर्ने जानकार बताउँछन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ विन्दुमा झरेकाे छ । नेप्से ०.३७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने ०.०६ अंकले बढेर ५४३.८० विन्दुमा पुगेको छ । 

कूल २३२ वटा कम्पनीको १ करोड ४७ लाख ४ हजार २ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २ सय ६२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेको छ । 

आइतबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३२ कराेड १४ लाख ५३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आइतबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर ९ सय १४ रूपैयाँ १० पैसा पुगेकाे छ । साविककाे नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेड १:०.७५ काे अनुपातमा एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ७ लाख २४ हजार ४ सय ६३ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी माघ ४ गते, मंगलबार सूचिकृत भएकाे थियाे । साेही दिनबाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे थियाे ।

यसदिन बुद्धभूमी नेपाल हाइड्राेपावरकाे सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर ३ सय ४८ रूपैयाँ १० पैसा पुगेकाे छ । 

आज सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.६९ प्रतिशतले घटेर प्रतिकित्ता ६ सय ८३ रूपैयाँमा झरेकाे छ ।

याे पनि : 

बजार माथि जाने देखिन्छ तर....बिहिबार बुलिस क्यानडल देखिया हो ? Entry, Exit की Hold? Ajay Singh Thapa

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको