Like us!
Follow us!
Connect us!
Watch us!

बजारका दुई हटकेक फाइनान्स : गोर्खाज र आईसीएफसीको वित्तिय अवस्था, कुन सूचकमा कुन बलियो ?

अर्थ संसार

सोमबार, १० माघ २०७८, १३ : १० मा प्रकाशित

बजारका दुई हटकेक फाइनान्स : गोर्खाज र आईसीएफसीको वित्तिय अवस्था, कुन सूचकमा कुन बलियो ?

नेपालको सेयर बजारमा पछिल्लो समय फाइनान्स, विकास बैंक र जलविद्युत कम्पनीहरुका लगानीकर्ताहरुको आकर्षण बढी रहेको छ । अन्य क्षेत्रको तुलनामा यो सेक्टरका कम्पनीहरुको चुक्ता पूँजी कम हुने र बजारका खेलाडीहरुले सजिलै खेलाउन सक्ने हुँदा पनि यस्ता कम्पनीहरुको सेयर मूल्यमा निरन्तर वृद्धि भइरहेको देखिन्छ । 

बजार बढ्दा पनि यस्ता कम्पनीहरुमा सकारात्मक नै सर्किट लाग्छ भने बजार घट्दा पनि सबैभन्दा बढी यीनै सेक्टरका कम्पनीहरुको सेयरमूल्य घट्ने गरेको देखिन्छ । 

पछिल्लो सयम सेयर बजारमा चर्चित विभिन्न कम्पनीहरुमध्य गोर्खाज फाइनान्स र आईसिएफसी फाइनान्स पनि मुख्य कम्पनीहरुमा पर्दछन् । यी दुबै कम्पनीहरुको सेयर मूल्य रकेट गतिमा नेप्सेमा बढिरहेको देखिन्थ्यो । बजारमा ठुला खेलाडीहरुको रोजाईमा परेका कारण पनि यी कम्पनीहरुको सेयर मूल्य बढी रहेको थियो ।

यी कम्पनीहरुको विति्तय अवस्थाको तुलनामा दोस्रो बजारमा यीनिहरुको  सेयर मूल्य बढि देखिन्छ । यी दुबै कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको विति्तय विवरण सार्वजनिक गरेका छन् जसमा दुवै कम्पनीहरुको नाफामा व्यापक गिरावट आएको देखिन्छ । 

कुनै समय दोस्रो बजारमा बैंक तथा वित्तिय संस्थाहरुमा सबैभन्दा महँगो सेयर बनेको गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७१/७२ पछि लगानीकर्ताहरुलाई कुनै पनि लाभांश वितरण गरेको छैन भने आईसिएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ सेमत गरी ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांशलाई आधार मानेर हेर्दा गोर्खाज फाइनान्सको तुलनामा आईसिएफसी फाइनान्स राम्रो कम्पनी देखिन्छ । 

यी दुई कम्पनीका प्रमुख वित्तिय सूचकहरुको तुलनात्मक विश्लेषण गर्दा कुन सूचकमा कुन बलियो ?

चुक्ता पूँजीको आधारमा

चुक्ता पूँजीको आधारमा आईसीएफसी फाइनान्स गोर्खाज फाइनान्स भन्दा अगाडी छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आईसीएफसी फाइनान्सकाे चुक्ता पूँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार रूपैयाँ रहेको छ भने गाेर्खाज फाइनान्सको चुक्ता पूँजी भने ८६ करोड ७९ लाख ९३ हजार ८ सय रूपैयाँ छ ।

जगेडा कोषको आधारमा

पुष मसान्तसम्ममा आइसीएफसी फाइनान्सको जगेडा कोषमा ७० करोड ४८ लाख ११ हजार रुपैयाँ सञ्चित छ भने गोर्खाज फाइनान्सको जगेडा कोषमा ४७ करोड ९२ लाख ३२ हजार रूपैयाँ सञ्चित छ । जगेडा कोषमा पनि आईसीएफसी फाइनान्स नै अब्बल छ । 

खुद नाफा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईसीएफसी फाइनान्सले ९ करोड २६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ भने गोर्खाज फाइनान्सले १ करोड ६५ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

खुद व्याज आम्दानी

पुष मसान्तसम्ममा आईसीएफसी फाइनान्सले २० करोड ९० लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने गोर्खाज फाइनान्सले ६ करोड १९ लाख २९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यो सूचकमा पनि आईसीएफसी फाइनान्स नै अघि छ ।

सञ्चालन नाफा

आईसीएफसी फाइनान्सले १३ करोड २२ लाख ३८ हजार रुपैयाँ सञ्चालन मुनाफा गर्दा गोर्खाज फाइनान्सले ३ करोड १५ लाख ५९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको छ । 

प्रतिसेयर आम्दानी

पुष मसान्तसम्म आईसीएफसी फाइनान्सको प्रतिसेयर आम्दानी १६ रूपैयाँ ४४ पैसा पुगेको छ भने गोर्खाज फाइनान्सको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रतिसेयर नेटवर्थ

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गोर्खाज फाइनान्सको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १७ पैसा पुग्दा आईसीएफसी फाइनान्सको प्रतिसेयर नेटवर्थ १४७ रूपैयाँ ३ पैसा रहेको छ । यो सूचकमा भने गोर्खाज फाइनान्स आईसीएफसी फाइनान्स भन्दा अगाडी देखिन्छ । 

61ee622cc5264.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको