Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सूचना : भदौ २४ को सम्पूर्ण कारोबार रोकियो

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, ०९ : २० मा प्रकाशित

नेप्से सूचना : भदौ २४ को सम्पूर्ण कारोबार रोकियो

काठमाडौं जिल्लाभित्र जारी गरिएको कर्फ्यु आदेश र लगानीकर्ताबाट आएका अनुरोधका कारण आज धितोपत्र बजारमा हुने सम्पूर्ण कारोबार स्थगित भएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २४ गते (आज) को सम्पूर्ण कारोबार बन्द रहने जानकारी दिएको हो।

नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, "नेपाल सरकार, गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ८:३० बजेदेखि चक्रपथभित्र कर्फ्यु आदेश जारी गरेको र धेरै कारोबार सदस्य तथा लगानीकर्ताले कारोबार स्थगनको माग गरेका कारण सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम आजको सम्पूर्ण कारोबार स्थगन गरिएको छ।"

यसअघि, काठमाडौं चक्रपथ क्षेत्रभित्र तनावपूर्ण अवस्था सिर्जना भएको र सुरक्षात्मक दृष्टिले सरकारले कर्फ्यु लगाएको हो।

68bfa0c56e63d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको