Like us!
Follow us!
Connect us!
Watch us!

अन्तिम १५ मिनेटको प्रावधान हटाउने तयारी, लगानीकर्ताको दबाब र सुधारको छलफल एकैसाथ

अर्थ संसार

शनिबार, ०४ असोज २०८२, १२ : ४० मा प्रकाशित

अन्तिम १५ मिनेटको प्रावधान हटाउने तयारी, लगानीकर्ताको दबाब र सुधारको छलफल एकैसाथ

नेपाल धितोपत्र बोर्ड (सेबोन) अहिले आकस्मिक बैठकमा बसेर नेप्से सूचकांक गणनामा लागू गरिएको विवादास्पद १५ मिनेटको औसत मूल्य प्रणाली हटाउनेबारे अन्तिम निर्णय गर्ने तयारीमा छ। अर्थमन्त्री रामेश्वर खनालले हिजो नै यो प्रावधान तत्काल हटाउन निर्देशन दिएपछि आजको बोर्ड बैठकमा निर्णय आउने सम्भावना बलियो बनेको हो।

यसैबीच, सेबोन बाहिर लगानीकर्ताहरूको समूह भेला भई दबाब सिर्जना गरिरहेका छन्। जेन–जी आन्दोलनपछिको बजार पतनले रत्तिभर स्फूर्ति ल्याउन नसकिरहेको अवस्थामार्फत उनीहरूले बजार सुधारका लागि तत्काल कदम चाल्न माग गर्दै सेबोन परिसरमै उपस्थिति जनाएका हुन्।

बजारको 'हट केक' नेपाल रिइन्स्योरेन्सको ‘नकारात्मक सर्किट’: के नियोजित थियो?

पुँजी बजार सुधार तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गर्न लगानीकर्ताहरूको भेला पनि आजै हुने भएको छ। पुँजी बजारमा सक्रिय पाँचवटा लगानीकर्ता संघहरूको पहलमा असोज ४ गते दिउँसो २ बजे कमलपोखरीमा कार्यक्रम आयोजना गरिने भएको हो। आयोजक संघहरूले हाल पुँजीबजारमा देखिएका चुनौती, सुधारका सम्भावना र भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल हुने जनाएका छन्। भेलाबाट लगानीकर्ताको आवाजलाई एकजुट पार्दै बजार सुधारतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ।

६ प्रतिशतले बजार खस्किँदाको प्रश्न : त्रास सिर्जना गर्ने खेल त होइन ?

यता, अर्थ मन्त्रालयले हिजो मात्रै बजार सुधारका लागि छुट्टै कार्यदल गठन गरेको छ। धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा बनेको चार सदस्यीय कार्यदललाई पाँच दिनभित्र ठोस कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ। यस कार्यदलमा नेपाल राष्ट्रबैंकका निर्देशक शरण अधिकारी, नेप्सेका कामु प्रमुख कार्यकारी निरञ्जन फूयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका छन्।

असोज २ को असामान्य कारोबार-१: ३३६ कित्तामै उन्‍नति सहकार्य लघुवित्तको सेयरमा ‘नकारात्मक सर्किट’

अर्थमन्त्री खनालले बजारको मनोबल वृद्धिका लागि तत्काल प्रणालीगत र प्रक्रियागत सुधार आवश्यक रहेको बताएका छन्। लगातार ओरालो लागिरहेको बजारमा १५ मिनेटको औसत मूल्य प्रणालीले झन् असन्तुष्टि बढाएको भन्दै त्यसलाई तत्काल हटाउने तयारीले लगानीकर्तामा केही आशा जगाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको