Like us!
Follow us!
Connect us!
Watch us!

७ कम्पनीकाे लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, १० : २८ मा प्रकाशित

७ कम्पनीकाे लिलामी सेयर भर्ने आज अन्तिम माैका

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीकाे स्वामित्वमा रहेकाे माघ ५ गते, बुधबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे ७ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (माघ ११ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । 

क्यापिटलले प्रभु बैंक लिमिटेडकाे ४६ हजार कित्ता, प्राइम कमर्सियल बैंक लिमिटेडको ६० हजार ६ सय ७५ कित्ता, कुमारी बैंक लिमिटेडकाे २ लाख कित्ता, आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ हजार कित्ता, नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे एक लाख कित्ता र नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ५० हजार कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

जसमध्ये, प्रभु बैंक लिमिटेडकाे मूल्य १७५ रूपैयाँ, प्राइम कमर्सियल बैंक लिमिटेडकाे १९० रूपैयाँ, कुमारी बैंक लिमिटेडकाे १७५ रूपैयाँ, आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे २५० रूपैयाँ, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४०० रूपैयाँ, नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे मूल्य ३९४ रूपैयाँ र नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे मूल्य ४५० रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले सबै कम्पनीकाे सेयरमा न्युनतम २ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको