Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री शर्माको प्रमुख आतिथ्यतामा राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव सम्पन्न

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, ११ : १२ मा प्रकाशित

अर्थमन्त्री शर्माको प्रमुख आतिथ्यतामा राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सव समारोह अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आथित्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले वित्तीय व्यवस्थापन आफैँमा चुनौतीपूर्ण भएतापनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यवसायीक रुपमा अगाडी बढिरहेको बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुपर्ने बताए । उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले ग्राहकको आकांक्षा बमोजिम ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए । 

प्रमुख अतिथि एवं अर्थमन्त्री माननीय जनार्दन शर्माले कार्यक्रममा USSD मोबाइल बैंकिङ्गको Display गरी सेवा शुभारम्भ गर्दै यसले इन्टरनेट नभएको स्थानमा पनि वित्तीय पहुँचको विस्तार हुने बताए । बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०७८ भर्चुअल माध्यमबाट विमोचन गरेका थिए । 

बैंकले अब सिमित कारोबारको लागि शाखामा जान नपर्ने गरी बैंकको मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले दुई लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा Smart QR Teller सेवाको शुभारम्भ गरेको छ । 

कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा आफुसमेत सहभागी भई कदमहरु चालिएकोले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको र पुनः आउनसक्ने चुनौतीको सामना गर्न बैंक तयार भईरहनुपर्ने बताए । उनले अहिलेको अवस्थामा जोगीएर प्रणालीलाई जोगाउनुपर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाले तल्लो वर्गका नागरिकका जीवनस्तर उकास्ने गरी लगानी गर्न आग्रह गरेका छन् । 

बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले आफ्नो वित्तीय अवस्था तथा परिसूचकहरु उत्कृष्ट रूपमा प्रस्तुत गर्न सफल यो बैंक बैकिङ क्षेत्रका सबै क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गर्न सफल भएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैंकले डिजिटल सेवालाई जोड दिईरहेको बताएका छन् । उनले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताए । कार्यक्रममा बैंकमा क्रियाशिल तीन वटै ट्रेड यूनियनका अध्यक्षहरु क्रमशः रा.वा.बैंक कर्मचारी संघ नेपालका का.वा.अध्यक्ष रामप्रसाद जोशी, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका वरिष्ठ उपाध्यक्ष मिलनबाबु नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना व्यक्त गरेका थिए ।

आज भन्दा ५७ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो । हाल देशभर बैंकका २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् । कार्यक्रममा कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको