Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको पुरानो वेभसाईट ‘दिर्घरोगी’, पाएन उचित उपचार !

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, ११ : ५१ मा प्रकाशित

नेप्सेको पुरानो वेभसाईट ‘दिर्घरोगी’, पाएन उचित उपचार !

नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुरानो वेभसाइटमा लामो समयदेखि विभिन्न समस्याहरु आउँदा लगानीकर्ताहरुले हैरानी व्यहोर्नु परेको छ । 

केहि दिन अघि मात्र पनि नेप्सेको पुरानो वेभसाइटमा प्राविधिक समस्या देखिँदा ३ दिनसम्म पनि मेरो सेयरमा कम्पनीको सेयरमूल्यमा कुनै पनि परिवर्तन भएको थिएन । समय समयमा नेप्सेको वेभसाइटमा आउने समस्याले गर्दा लगानीकर्ताहरुलाई मात्र नभई सिडिएससीलाई पनि समस्या पर्ने गरेको छ । 

कतिपय अवस्थामा त नेप्सेको वेभसाइटमा देखाउने डाटा र वास्तविक डाटामा समेत धेरै नै भिन्नता देखिने गरेको छ । यसरी हेर्दा नेप्सेको वेभसाइटलाई दिर्घरोग लागेको छ यसको समाधान हुन नसकेको हो वा गर्न नखोजिएको हो त्यो प्रश्न सँधै अनुत्तरित नै रहँदै आएको छ । नेप्से जस्तो संस्थाले आफ्ना वेभसाईटमा देखिने समस्यालाई प्राविधिक रुपमा देखिएको समस्या भन्दै टार्नुभन्दा किन यसको दिर्घकालिन समस्या खोजिँदैन ? 

प्रविधी हो कहिले काँही समस्या देखिनुलाई स्वभाविक नै मान्न सकिन्छ तर यहाँ त कहिले काँही समस्या आउने भन्दा पनि कहिले काँहीमात्र वेभसाईट चल्ने हुन्छ नयाँ वेभसाइटका बारेमा एक त धेरै लगानीकर्ताहरुलाई जानकारी नै छैन भने धेरै अवस्थामा उक्त वेभसाईटमा देखिनै डाटा नै विश्वसनिय हुँदैन हिजो मात्र पनि नेप्से बन्द भएको लामै समयसम्म पनि नेप्से परिसूचक १०० अंकले घटेर कारोबार बन्द भएको देखाइएको थियो तर वास्तविक रुपमा नेप्से ९९ अंकले घटेको थियो सेयर बजार जस्तो संवेदनशिल क्षेत्रको डाटामा पनि यस्तो लापरिवाही त स्वभाविक जस्तो लाग्दैन मलाई एक लगानीकर्ताले भने । 

"एक पटक मात्र वा कहिले काँही मात्र समस्या आउने भए पो प्राविधिक समस्या भन्नु मलाई त नेप्सेको पुरानो वेबसाइटलाई कुनै दिर्घरोग नै लागेको जस्तो लाग्छ त्यो पनि मानव निर्मित" उनले भने "त्यसैले त कुनै समाधान हुन सकिरहेको छैन यदी प्राविधिक रुपमा नै समस्या आएको भएत प्राविधिक रुपमा नै समाधान भइसक्नु पर्ने नेपालमा नेप्से भन्दा पनि बढी भिजिटर हुने वेभसाइटहरु पनि त छन् किन तिनमा समस्या आउँदैन ? कि भने नेप्सेको वेभसाइट नै कमजोर छ कि भने यसले सही उपचार नै पाएको छैन। " 

नेप्सेकाे वेभसाइटमा समस्या देखिएकाे याे मात्र पहिलाे पटक हाेइन । यसअघि पनि नेप्सेकाे वेभसाइटमा बारम्बार समस्या देखिएकाे थियाे । काराेबार समयमा नेप्सेकाे टिएमएस राम्ररी नचल्दा लाखाैँकाे घाटा व्यहाेर्नु परेकाे अनुभव लगानीकर्ताहरूसँग छ । यसरी बारम्बार समस्या आउँदा पनि नेप्सेले दिर्घकालिन समाधान गरेकाे देखिँदैन । यस्ता कुराले नेप्सेकाे गैरजिम्मेवारीपन छर्लङ्गै देखाउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको