Like us!
Follow us!
Connect us!
Watch us!

ठूला निक्षेपकर्ताले पैसा झिकेपछि निक्षेपमा संकुचन, ‘आत्तिनुपर्ने अवस्था छैन’

पत्रपत्रिका

बुधबार, १२ माघ २०७८, ०६ : २१ मा प्रकाशित

ठूला निक्षेपकर्ताले पैसा झिकेपछि निक्षेपमा संकुचन, ‘आत्तिनुपर्ने अवस्था छैन’

पछिल्लो ३ सातासम्म उच्च मात्रामा बढेको वाणिज्य बैंकहरूको कुल निक्षेप माघको पहिलो साता भने उच्च मात्रामा घटेको छ । माघको पहिलो साता २७ वाणिज्य बैंकको कुल निक्षेप १३ अर्ब २२ करोडले घटेको हो ।

गत पुसको तेस्रो साता १४ अर्ब, चौथो साता ५९ अर्ब र पुसको अन्तिम साता १७ अर्बले बैंकहरूको निक्षेप बढेको थियो । तर, माघको पहिलो साता भने निक्षेप उच्च मात्रामा घटेको नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकले देखाएको छ ।

पुसमा कर तिर्ने समय भएर पनि निक्षेपमा ठोस असर पुगेको थिएन । तर, माघको पहिलो सातामै ठूलो मात्रामा निक्षेप घटेपछि बैंकहरूमा तरलता व्यवस्थापनमा थप चाप पर्ने देखिएको छ ।

पुस मसान्तसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब २४ अर्ब ३४ करोड निक्षेप रहेको थियो । माघको पहिलो साता अर्थात् ७ गतेसम्म आउँदा त्यो ४३ खर्ब ११ अर्ब १२ करोडमा झरेको छ ।

समीक्षा अवधि नेपाल आयाल निगम, नेपाल विद्युत् प्राधिकरणजस्ता ठूला निक्षेपकर्ताले आफ्नो खातामा भएको रकम झिकेका छन् । त्यसको असरले निक्षेप घट्न गएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले बताए ।

आयल निगमले विभिन्न बैंकमा रहेको खाताबाट १६ अर्ब रुपैयाँ झिकेको उनको भनाइ छ । त्यसैगरी विद्युत् प्राधिकरणजस्ता अन्य संस्थाले पनि ठूलो मात्रामा रकम झिक्दा निक्षेपमा कमी आएको उनले बताए ।

सर्वसाधारण, सरकारी खर्च, अन्य संघसंस्थालगायत निक्षेपकर्ताबाट निक्षेप आउने क्रम पनि जारी नै छ । यस अवधिमा ठूला निक्षेपकर्ताले एकैपटक ठूलो रकम झिक्दा निक्षेपमा संकुचन देखिएको मात्रा हो, त्ससैले आत्तिइ हाल्नुपर्ने अवस्था नभएको उनको भनाइ छ । तर, तरलता व्यवस्थापनमा भने चुनौती नै हुने सरोकारवालाहरू बताउँछन् ।

बैंकिङ क्षेत्रमा साउनदेखि जारी तरलता अभावको समस्या अझै समाधान भएको छैन । अझै पनि बैंकहरू कर्जाको ठूलो माग धान्नसक्ने अवस्थामा छैनन् ।

‘अहिले हामी सीडी रेसियोलाई तोकिएको अनुपात (९० प्रतिशत) मा कायम गर्नेगरी सन्तुलित ढंगले काम गरिरहेका छौं । अझै पनि केही बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि नै छ,’ उनले भने, ‘तर, अहिले निक्षेप घट्दैमा आत्तिनुपर्ने अवस्था छैन ।’

माघको पहिलो साता बैंकहरूले १ अर्ब ४३ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । पुस मसान्तसम्म बैंकहरूले कुल ४१ खर्ब ४२ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । माघको पहिलो साता त्यो सामान्य रूपमा बढेर ४१ खर्ब ४४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । पुस अन्तिम साता भने बैंकहरूले ३५ अर्ब कर्जा प्रवाह गरेका थिए । आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको