Like us!
Follow us!
Connect us!
Watch us!

साहारा एपका ग्राहक तथा राइडरलाई ग्रीनसिटी अस्पतालमा विशेष छुट

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १२ : ०१ मा प्रकाशित

साहारा एपका ग्राहक तथा राइडरलाई ग्रीनसिटी अस्पतालमा विशेष छुट

अब साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । बिजनेस ग्रोथ कम्पनीद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार १५ प्रतिशतसम्म उपचारमा छुट पाउनेछन् । 

मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । 
पछिल्लो समय लोकप्रिय रहेको साहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिएका छन् । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरेका छन् । 

अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अस्पतालले प्रदान गर्ने सेवामा कुनै  कमी हुन नदिने स्पष्ट पारेका छन् । आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउने छन् । 

कम्पनीका अनुसार साहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउने छन् । 
शुन्य कमिसनमा सेवा दिइरहेको साहारा एपले ग्राहक तथा राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ । यसअघि कम्पनीले अजोड इन्सोरेन्ससँग इन्स्याेरेन्स सम्बन्धी सम्झौता गरेको छ । ग्राहक तथा राइडरले ६ लाखसम्मको इन्सुरेन्स सुविधा पाउने कम्पनिका सिइओ विशाल जिसीले जानकारी दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको