लोकप्रिय राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणासगैं राइडरको आर्कषण थप बढेको छ । आफ्नो कमाई सबै आफैले राख्न पाउने भएपछि राइडर खुशी रहेको राइडरहरु बताउँछन् ।
विजनेश ग्रोथ कम्पनिले सञ्चालन गरेको यस एपमा अन्य राइड सेयरिङ एप भन्दा सस्तो पनि रहेको सेवाग्राहीहरु बताउँछन् । कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएको छ । साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजार भन्दा बढि कमाउने राइडरहरु पनि रहेका छन् ।
एप चलाउन सजिलो हुनुका साथै नि:शुल्क तालिम, कमिशन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन् । नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ । थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस