Like us!
Follow us!
Connect us!
Watch us!

धनी अभिभावका शिशुको दिमागको विकास तीव्र हुने अध्ययनको दावी

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १३ : २८ मा प्रकाशित

धनी अभिभावका शिशुको दिमागको विकास तीव्र हुने अध्ययनको दावी

यो सबैले अनुभव गरेको विषय हो की कुनै पनि अभिावकको आम्दानीको स्रोत पर्याप्त भएमा त्यसबाट सन्तानले पनि फाइदा लिन्छन् । पर्याप्त रकमले शिशुका हरेक आवश्यकता पुरा हुन्छ र उनीहरु केही हदसम्म खुसी हुन्छन् । तर, पछिल्लो एक अध्ययनले अभिभावकको प्रशस्त आम्दानीलाई शिशुको दिमागको विकाससँग जोडेको छ । 

‘गरिबीमा हुर्किएका बालबालिकामा विद्यालयमा उपलब्धी न्यून हुने, पैसा कम हुने र कमजोर स्वास्थ्यको जोखिम देखिन्छ,’ कोलम्बिया युनिभर्सिटीका स्नायु वैज्ञानिक किम्बर्ली नोबल भन्छन् । 

अध्ययनका लागि एक हजारभन्दा न्युन आय भएका आमाहरलाई उनीहरुको शिशु जन्मिने वित्तिकै सहभागी गराइएको थियो । न्युयोर्क सिटी, न्यु ओलिन्स, ओमाहा र सेन्ट पाउलका अभिभावकहरुलाई अध्ययनमा छनौट गरिएको थियो । चार वर्षसम्म बच्चा हुर्काउन उनीहरुमध्ये कसैलाई प्रति महिना ३३३ अमेरिकी डलर र कोहीलाई २० अमेरिकी डलर दिइएको थियो । 

अध्ययनका क्रममा न्युन आय भएका तर बढी रकम पाएका (३३३ डलर)  आमाका बच्चाहरुको दिमागको आवृत्ति न्युन रकम पाएका अभिभावको सन्तानको तुनलामा बढी देखिएको थियो । उच्च दिमागको गतिविधिले बच्चाको राम्रो संज्ञानात्मक विकास हुने/नहुने बारेमा भने थप अध्ययन आवश्यक भएको जनाइएको छ । सो अध्ययन पीएनएएसमा प्रकाशित छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको