Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकमा २ लाखसम्मको रकम भुक्तानी लिन अब चेक नचाहिने

अर्थ संसार

बुधबार, १२ माघ २०७८, १४ : ४६ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकमा २ लाखसम्मको रकम भुक्तानी लिन अब चेक नचाहिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा Smart QR Teller सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले गत माघ १० गतेबाट सेवाको सुरू गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको सुभारम्भ गरेका हुन् ।

बैंकले मोबाइल बैंकिङ्ग सुविधा लिइएका ग्राहकहरुले आफ्नो मोबाइलबाट बैंक काउण्टरमा उपलब्ध QR स्क्यान गरी दुई लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा Smart QR Teller सेवा लागू गरेको छ । अब सिमित कारोबारको लागि बैंकमा चेक बोकेर गइरहनु पर्दैन ।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा (USSD) सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ ।

हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंङ्ग सेवा सञ्चालनमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको