Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषसहित २ कम्पनीको सेयर लिलाममा, कुनको मूल्य कति ?

अर्थ संसार

विहीबार, १३ माघ २०७८, १० : ११ मा प्रकाशित

नागरिक लगानी कोषसहित २ कम्पनीको सेयर लिलाममा, कुनको मूल्य कति ?

एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको २ वटा कम्पनीको संस्थापक समूहको सेयर आज (माघ १३ गते, बिहिबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको छ । 

बैंकले आरएमडिसी लघुवित्त र नागरिक लगानी कोषको गरि कुल ६ लाख ३१ हजार ९  सय ६७ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । जसमध्य आरएमडिसी लघुवित्तको ३ लाख  ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९ सय २ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । 

बैंकले नागरिक लगानी कोषको सेयरको न्युनतम मूल्य ११ सय ८३ रुपैयाँ र आरएमडिसी लघुवित्तको सेयरको न्युनतम मूल्य ४९४ कायम गरेको छ आवेदकले सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । 

हाल कायम संस्थापक वा जो कोहि व्यक्ति , संघ संस्था कम्पनीले उक्त सेयरमा आवेदन दिन सक्ने छन् । नागरिक लगानी कोषको सेयरमा भने बैंक वित्तीय संस्था र बीमाले मात्र आवेदन दिन सक्ने छन्  ।

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको