Like us!
Follow us!
Connect us!
Watch us!

‘अर्थतन्त्र संकटको पूर्व अवस्थामा, कुर्सी बचाउन अर्थमन्त्रीले अर्थतन्त्र सामान्य भने’

अर्थ संसार टक

विहीबार, १३ माघ २०७८, १२ : ३३ मा प्रकाशित

अर्थमन्त्रीले आफू कुर्सीमा बसेको बेला अर्थतन्त्र नकारात्मक अवस्थामा छ भनेर भन्दा कुर्सीबाट हट्नु पर्छ की भनेर सबै सामान्य छ भनेको हुनसक्ने बताउँछन् पुर्व अर्थमन्त्री एबं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे । 

अर्थसंसार डटकमको साप्ताहिक कार्यक्रम अर्थसंसार टक संगको कुराकानीमा पाण्डेले भने “अर्थमन्त्रीको कुर्सीमा बस्दा अब सबै खराब छ भन्यो भने त कुर्सी छोड्नु पर्छ, त्यसैले पनि उहाँले सबै सही छ भन्नु भएको होला तर उहाँले नै सार्वजनिक गर्नुभएको तथ्यले त त्यस्तो भन्दैन पुस मसान्तसम्ममा पूँजीगत खर्च जम्मा १३ प्रतिशत मात्र भएको छ विगतमा कम्तीमा पनि ३० प्रतिशत क्रस गर्थ्यो अर्थतन्त्रका अरु इन्डिकेटरहरु पनि सही देखिँदैनन् अब यही इन्डिकेटरहरु बोकेर अर्थमन्त्रीले अर्थतन्त्र सही छ भनेर त भन्नु नपर्ने हो तर उहाँ भनिरहनु भएको छ सरकारको हिसाबले भन्न नमिले नभन्नु भएको होला तर म बाहिर छु मैले सबै तथ्यहरु हेर्दा अर्थतन्त्रमा केही संकटमा जाने देखिरहेको छु” । 

अर्थमन्त्री बन्नका लागि अर्थतन्त्र बुझेकै मान्छ चाँहिने भन्दै उनले भने “धेरैले नबुझेर मेरो बारेमा पनि टिप्पणी गर्नु भएको थियो तर म व्यबस्थापको बिद्यार्थी हुँ र विगतमा मैले बैंकमा पनि काम गरेको थिए अर्थतन्त्रको प्राविधिक ज्ञान बिना अर्थतन्त्र चलाउन मुस्किल नै पर्छ अर्थमन्त्री सधैँ सल्लाहकारकै भरमा पर्ने भन्ने पनि हुँदैन सल्लाहकारका पनि सल्लाह दिने सिमाहरु हुन्छन् त्यहि सिमा भित्र रहेर सल्लाह दिने हो तर निर्णय गर्ने त अर्थमन्त्रीले ले नै हो” । 

“अर्थतन्त्रलाई विष्लेशण गर्ने भनेको तथ्यका आधारमा हो, कल्पनामा होईन भन्सारमा भइरहेको कारोबारको अवस्था, मलेनिकाले तयार पारेको आर्थिक प्रतिवेदन, राष्ट्र बैंकको प्रतिवेदन, सरकारसंग भएको नगदको अवस्था र खर्च कसरी भइरहेको छ भन्ने कुरा हेर्दा अर्थतन्त्र संकटमै भएको भन्न नसकेता पनि पहिले संकटको पुर्वाअवस्थामा रहेको जस्तो लाग्छ मलाई” उनले भने । 

आयात र कर्जाको अधिकांश हिस्ता उत्पादन मूलक क्षेत्रमा भन्दा पनि दैनिक उपभोग्य बस्तुमा गएको कारणले पनि अहिलेको तरलता संकट देखिएको तर्क गर्छन् पाण्डे । 

“यदि आयातमा गएको रकम उद्योग व्यवसायका लागि आवश्यक सामान, यन्त्र, उपकरण वा सरकारका उत्पादनशिल क्षेत्र जस्तै जलबिद्युत कम्पनीको निर्माण, अन्य कुनै भौतिक पुर्वाधारको निर्माणका भएको भए त्यसले प्रोडक्सन बढाउने थियो चर यस्तो पैसा दैनिक उपभोग्य बस्तुमा जाँदा अहिले अर्थतन्त्र सहि लयमा नदेखिएको हो” उनले भने “यसरी तरलता बढेकै कारण कर्जाको ब्यादर बढ्यो अनि ब्याजदर बढेकै कारण उत्पादनशिल क्षेत्रहरुले कर्जा लिन सक्ने अवस्था भएन र कर्जा अन्य क्षेत्र तिर गयो जसका कारण रोजगारी पनि सिैजना हुन सकेन र आर्थिक बृद्धि समेत रोकियो” । 

"हालै सरकारले जारी गरेको एउटा रिपोर्टले अहिले देशमा विदेशी मुद्राको संचिती ६.८ महिनालाई मात्र पुग्नेछ भनेको छ यो आफैमा एक राम्रो अवस्था होईन यदि यस्तो संचिती ६ महिना भन्दा तल आँउछ भने त्यस्तो अवस्थालाई संकटग्रस्त अर्थतन्त्र मान्ने गरिन्छ यदि यस्तो भयो भने हामीले हाम्रो आयातलाई धेरै नै नियन्त्रण गर्नुपर्ने हुन्छ, उनले भने ।"

पूँजीबजारलाई साम्राज्यबादको साधान भन्ने प्रचण्डको भनाई सहि नभएको भन्दै पाण्डेले भने “पुराना कम्युनिष्टहरुको एउटा धारणा थियो जनतालाई चाँहिने सामानहरु सरकारले व्यबस्था गर्ने र बजारको अस्तित्व नै हुँदैन भन्ने तर अहिले अवस्था र व्यबस्था दुबै परिवर्तन भइसकेको छ तर त्यो कुरालाई नबुझेर वहाँले त्यहि पुरानै स्कुलिङबाट प्रभावित भएर त्यस्तो बोलेको जस्तो दखिन्छ” । 

“अहिले बजारमा लगानी गर्ने लगानीकर्ताहरुले दिर्घकालिन नाफा भन्दा पनि तत्कालको नाफा हेर्ने प्रचलन बढि देखियो, सेयरमा पनि तत्काल नै नाफा खोज्ने घरजग्गाको कारोबारमा पनि तत्काल नै नाफा खोज्ने अनि लगानीको क्षेत्र पनि परिवर्तन गरिरहने सेयर घट्न लागे घरजग्गामा सिफ्ट हुने, घरजग्गामा मन्दी आए सुन बजार तिर सिफ्ट हुने जस्तो देखियो” उनले भने “अहिले कतिपय ठुला समूहहरुले विभिन्न डुब्न लागेका कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढाइदिने र आँफु त्यस्ता कम्पनीको सेयर बेचेर बाहिरिने प्रबृति पनि देखिन्छ तर यस्तो कुराबाट साना तथा नयाँ लगानीकर्ताहरुलाई बचाउन इकोनोमी फण्डामेन्टल कुराहरु बुझाउनु पर्छ” ।

“सेयर बजार नबुझेका सामान्य लगानीकर्ताहरुले जोखिम उठाउने अवस्था आयो भने त्यो राम्रो पनि हुँदैन त्यसैले बरु साना र नयाँ लगानीकर्ताहरुलाई सेयर बजार बारे बुझाउने ऐजेन्सी खोल्नु पर्ने जरुरी म देख्छु जसले सेयर बजारका बारेमा सामान्य लगानीकर्ताहरुलाई सामान्य र सही सूचना सम्प्रेषण गरोस् जसका कारण साना लगानीकर्ताहरुको पूँजी पनि जोखिममा पर्ने सम्भावना कम हुन्छ” ।

भिडियाे कुराकानी :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको