Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाईफ इन्स्योरेन्सको साधारण सभा गर्ने स्थान परिवर्तन, अब कहाँ ?

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, १३ : ११ मा प्रकाशित

एसियन लाईफ इन्स्योरेन्सको साधारण सभा गर्ने स्थान परिवर्तन, अब कहाँ ?

एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ औँ वार्षिक साधारण सभाको स्थान परिवर्तन भएको छ । 

कम्पनीको १३ औँ वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार होटल दियालो लर्डस प्लाजा, आदर्शनगर बिरगन्जमा बिहान ११ः३० बजेबाट सुरु हुने भनिएको मा कोभिड-१९ का कारण परिस्थिती फेरिएको भन्दै कम्पनीले साधारण सभा सोहि मिती र समयमा कम्पनीको प्रधान कार्यलय मैतिदेवी काठमांडौमा भर्चुअल माध्यामबाट हुने जनाएको छ । 

उक्त सभामा कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले १२ माघमा बुक क्लोज गरिसकेको छ । यसअनुसार ११ माघसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः 

61f39b2dddf22.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको