Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समितिको कारवाहीमा नेपाल लाइफ, जानीजानी नियम उल्लङ्घन गरेको आरोप !

अर्थ संसार

शुक्रबार, १४ माघ २०७८, १४ : ०९ मा प्रकाशित

बीमा समितिको कारवाहीमा नेपाल लाइफ, जानीजानी नियम उल्लङ्घन गरेको आरोप !

बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गरेको भन्दै  बिमा समितीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई दश हजार रुपियाँ जरीवाना गर्ने निर्णय गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा प्राप्त भएपश्चात् त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन÷विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको बिमा समितीको ठहर छ ।

यसैगरी, बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न १४ वटा समिति÷उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति÷उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई दश हजार रुपिया जरीवाना गर्ने निर्णय भएको समितीले जनाएको छ ।

यो पनि हेर्नुहोस्

बीमा कम्पनीको पुँजी वृद्धि : हकप्रद, बोनस सेयर वा मर्जर : Surya Prasad Silwal, बीमा समिति

के छ डा.रामशरण महतको पूँजीबजार प्रति धारणा ? के अर्थतन्त्र संकटमा छ ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको