Like us!
Follow us!
Connect us!
Watch us!

प्यान नम्बर लिने ४४ लाख नाघे

पत्रपत्रिका

शनिबार, १५ माघ २०७८, ०९ : ५० मा प्रकाशित

प्यान नम्बर लिने ४४ लाख नाघे

कर प्रक्रियामा सहभागी हुन आवश्यक पर्ने स्थायी लेखा नम्बर (प्यान) मा दर्ता हुनेको सङ्ख्या ४४ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म ४४ लाख १८ हजार ५५५ करदाता प्यानमा दर्ता भएका छन् । यस्तो सङ्ख्या असारसम्म ४० लाख ६६ हजार थियो । यस हिसाबले पाँच महिनामै साढे तीन लाख करदाता प्यानमा थपिएका हुन् ।

यस अवधिमा व्यक्तिगत प्यानमा दर्ता हुनेको सङ्ख्या २७ लाख नाघेको छ । जब कि असारम्म व्यक्तिगत प्यान नम्बर लिनेको सङ्ख्या २४ लाख ७५ हजार थियो । रोजगारी गर्ने हरेक व्यक्ति प्यानमा आवद्ध हुनैपर्ने सरकारी नियमअनुसार पनि व्यक्तिगत प्यान नम्बर लिनेको सङ्ख्या पछिल्लो समय बढ्दो छ ।

अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म व्यावसायिक प्यान लिनेको सङ्ख्या १७ लाख चार हजार ४०४ पुगेको छ । गत असारसम्म १५ लाख ८० हजार करदाताले व्यावसायिक प्यान लिएको तथ्याङ्क छ । त्यस्तै करकट्टी गर्ने निकायमध्ये अहिलेसम्म १२ हजार ९१५ वटा निकायले पान नम्बर लिएका छन् । असारसम्म करिब १० हजार निकायले मात्र प्यान नम्बर लिएका थिए ।

मूल्य अभिवृद्धि करमा दर्ता हुनेको सङ्ख्या पनि बढिरहेको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ । मङ्सिरसम्म तीन लाख छ हजार ५७१ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएको देखिन्छ । असारसम्म २९ हजार ७१४ करदाता मुअकरमा दर्ता भएका थिए । अन्तःशुल्कमा दर्ता हुने फर्मको सङ्ख्या दुई लाख २३ हजार ४०२ पुगेको छ । असारसम्म एक लाख चार हजार १८२ फर्म मात्र अन्तःशुल्कमा दर्ता भएको देखिन्छ । छोटो समयमै अन्तःशुल्कमा दर्ता हुनेको सङ्ख्या दोब्बरले बढेको तथ्याङ्कले देखाउँछ । राजस्व सङ्कलनका लागि करदाताको पहिचान गर्नुपर्ने र करदातालाई करको दायराभित्र ल्याउन पान महत्त्वपूर्ण हुन्छ ।

याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको