Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक सवारीमा जोरबिजोर हट्यो, अरु के गर्न पाइन्छ के पाइँदैन ?

अर्थ संसार

शनिबार, १५ माघ २०७८, १० : ०० मा प्रकाशित

सार्वजनिक सवारीमा जोरबिजोर हट्यो, अरु के गर्न पाइन्छ के पाइँदैन ?

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरबिजोर प्रणाली हटाइएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको हिजाे बसेको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो । तर निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहनेछ ।

यस्तै, अन्य अत्यावश्यक तथा तोकिएका सवारी साधनलाई जस्तै औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन (चालक सहचालक मात्र) मा  जोरबिजोर प्रणाली लागू हुने छैन । 

परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

यसका साथै, सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

अरु के गर्न पाइन्छ के पाइँदैन ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको