Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुवित्तको नाफामा ५० प्रतिशतको उछाल, बोनस पछि पनि ईपिएस ११० रुपैयाँ माथि

अर्थ संसार

आइतबार, १६ माघ २०७८, ०७ : १६ मा प्रकाशित

महिला लघुवित्तको नाफामा ५० प्रतिशतको उछाल, बोनस पछि पनि ईपिएस ११० रुपैयाँ माथि

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५०.५० प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड ४३ लाख ७८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ६०.४० प्रतिशतले बढेर १४ करोड ४९ लाख ६० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ९ करोड ८६ लाख ३७ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा भने घटेर ३ करोड ८१ लाख २ हजार रूपैयाँ पुगेको छ संभावित जोखिम बापतको प्रोभिजन बढाँउदा संस्थाको यस्तो मुनाफा कम भएको हो । गत वर्ष संस्थाले ६ करोड ५२ लाख १७ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा २३ करोड १७ लाख ६० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ११० रुपैयाँ ९७ पैसा रहेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61f5eaae9a619.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको