Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोपावरको नाफा २ प्रतिशतले बढ्यो, ईपिएस कति ?

अर्थ संसार

आइतबार, १६ माघ २०७८, ०७ : ५४ मा प्रकाशित

चिलिमे हाइड्रोपावरको नाफा २ प्रतिशतले बढ्यो, ईपिएस कति ?

चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा ३९ करोड ७२ लाख १८ हजार रुपैयाँ नाफामा छ । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले ३८ करोड ८५ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । समिक्षा अवधीको कम्पनीको नाफा २ प्रतिशतले बढेको हो ।

यता, विद्युत् बिक्रीबाट हुने आम्दानी भने २ प्रतिशतले नै घटेर ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ६३ करोड ९९ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब २७ करोड ९१ लाख २६ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ५७ पैसा रहेको छ ।

यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

61f5f3a6f40af.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको