Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?

अर्थ संसार

आइतबार, १६ माघ २०७८, १० : ४२ मा प्रकाशित

नेपाल लाइफकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर कायम गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट माघ १३ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हाे ।

कम्पनीले सावधिक बीमा याेजनामा प्रति हजार न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस कायम गरेकाे छ । यस्तै, कम्पनीकाे सावधिक तथा आजीवन बीमा योजनामा पनि प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यसैगरी, अग्रिम भुक्तानी बीमा योजनामा प्रति हजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ५८ रूपैयाँसम्म बाेनस पाइनेछ । कम्पनीकाे अग्रिम भुक्तानी सावधिक बीमा याेजनामा प्रति हजार ६० रूपैयाँ बोनस प्राप्त गर्न सकिनेछ ।

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारकाे छ :

61f61bd419c18.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको