Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको नाफामा ८९ प्रतिशतले बृद्धि, १६ रुपैयाँले बढ्यो ईपीएस

अर्थ संसार

सोमबार, १७ माघ २०७८, ०८ : ५३ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको नाफामा ८९ प्रतिशतले बृद्धि, १६ रुपैयाँले बढ्यो ईपीएस

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २६ करोड ६५ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ८९.४१ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १४ करोड ७ लाख ३२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ८८.७१ प्रतिशतले बढेर ५७ करोड १० लाख ४७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ३० करोड २६ लाख १३ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि ९९.५० प्रतिशतले बढेर ३३ करोड १७ लाख २८ हजार पुगेको छ । गत वर्ष संस्थाले १६ करोड ६२ लाख ७६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ६४ करोड ९० लाख २८ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४४ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ९ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको