Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको नाफा ३६ प्रतिशतले बढ्यो, ईपीएस कति ?

अर्थ संसार

सोमबार, १७ माघ २०७८, १२ : ०३ मा प्रकाशित

सिभिल लघुवित्तको नाफा ३६ प्रतिशतले बढ्यो, ईपीएस कति ?

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३६.८७ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले २ करोड ७४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ६७.६१ प्रतिशतले बढेर ११ करोड ८४ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ७ करोड ६ लाख रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि ४०.१६ प्रतिशतले बढेर ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष संस्थालाई ४ करोड ६ लाख रुपैयाँ सञ्चालन नोक्सान भएको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २८ करोड ८१ लाख रुपैयाँ र जगेडा कोषमा १० करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २६ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ३६ पैसा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको